काठमाडौँ – जिम्बाबेमा आजदेखि सुरु हुन लागेको एकदिवशीय विश्वकप छनोटमा ललित राजवंशीले राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । उनलाई ब्याटिङ प्रशिक्षक उमेश पटवालले डेब्यु क्याप हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT


आफ्नो पहिलो खेलमा नेपालले आज १९ वर्षीय लेग स्पीनर ललितलाई टिममा डेब्यु गराएको हो । जिम्बाबेको पिच स्पिनर सुहाउँदा भएकाले आज नेपालले तीन जना स्पिनर मैदानमा उतारेको छ ।


ADVERTISEMENT

# # #


नेपालले आज जिम्बाबेको क्वीन्स स्पोर्टस् क्लब बुलाबायोमा हुने खेलमा जिम्बाबेले टस जितेर ब्यटिङ रोजेको छ । खेल नेपाली समय अनुसार १:१५ बजेबाट सुरु हुँदैछ ।

आज नेपाली टोलीमा केही परिवर्तन भएको छ । नेपाललाई विश्वकप छनोटमा पुर्याएका करण केसी टिममा हुने छैनन् । उनको ठाउँमा स्पिनर ललित राजवंशी आएका छन् ।

नेपाली टिम:

 

पारस खड्का(कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शरद भेषवाकर
वसन्त रेग्मी
सोमपाल कामी
दीलिप नाथ
आरिफ सेख
सन्दीप लामिछाने
दिपेन्द्र सिंह ऐरी
रोहित कुमार पौडेल
ललित राजवंशी