संखुवासभा – भारतका ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टर र नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले भारतको एसवेभीएन द्वारा निर्माण भइरहेको ९०० मेगावाटको अरुण३ जलविद्युत आयोजनाको संयुक्त अवलोकन गरेका छन्।
दुवै मन्त्रीले आयोजनास्थलमा भएको प्रगतिबारे समीक्षा गर्दै निर्माणका क्रममा देखिएका प्राविधिक र प्रशासनिक अवरोधहरू हटाउने उपायहरूबारे छलफल गरेका थिए।
उनीहरूले पावरहाउस क्षेत्रमा इलेक्ट्रोमेकानिकल कार्यहरूको औपचारिक सुरुवात पनि गरे, जसले आयोजनाको निर्माण कार्य थप तीव्र बनाउने अपेक्षा गरिएको छ।
यो भ्रमण नेपाल–भारत ऊर्जा सहकार्यलाई थप बलियो बनाउने संकेतको रूपमा हेरिएको छ।