काठमाडौंँ– – नेपालीपन र देशप्रेमले भरिएको नयाँ गीत‘गाउँछ गीत नेपाली’ सार्वजनिक गरिएको छ।


ADVERTISEMENT


गीतकार तथा संगीतकार उत्तम थापा मगरको शब्द र संगीतमा तयार भएको यो गीत उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


ADVERTISEMENT

# # #


गीतले नेपाली भाषा, संस्कृति, र राष्ट्रिय पहिचानको गौरवलाई उजागर गर्दै सबै नेपालीलाई एकताको भावना र देशप्रतिको मायामा बाँध्ने प्रयास गरेको छ।

गीतको व्यवस्थापन गोपाल रसाइलीले गरेका छन् भने क्यामरा तथा निर्देशन दिलिप समानले सम्हालेका छन्। भिडियोमा सञ्जिव सुन्दाससहित अन्य कलाकारहरूको अभिनय समावेश गरिएको छ।

सर्जक थापा मगरका अनुसार यो गीत देश र जनताप्रतिको समर्पण हो, जसले प्रत्येक नेपालीमा राष्ट्रप्रेम र गर्वको भावना जगाउने उद्देश्य राखेको छ।