काठमाडौं– संघीय संसदको प्रतिनिधीसभाको जेष्ठ सदस्यमा राजपाका सांसद महन्त ठाकुर र राष्ट्रियसभाको जेष्ठ सदस्यमा नेपाली कांग्रेसकी सांसद तारा देवी भट्टले सपथ लिएका छन् ।


ADVERTISEMENT


राष्ट्रपति विद्यादेवी भण्डारीले ठाकुर र भट्टलाई सभामुख चयन पूर्वको सभा संचालनका लाथि सपथ ग्रहण गराएकी छिन् । राष्ट्रपति कार्यालय सितल निवासमा भएको सपथ ग्रहण कार्यक्रममा ठाकुरले मैथिली भाषा र भट्टले नेपाली भाषामा सपथ लिए ।


ADVERTISEMENT

# # #


अपराह्न ४ बजे उनीहरुले संघीय ससद भवनमा सांसदलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । नागरिकताको आधारमा ८० बर्ष पुगेका महेन्द्रराय यादवको उमेर सम्बन्धी विवाद आएपछि उनले बिरामी भएको कारण देखाँउदै उपस्थित हुन नसकेको पत्र पठाएका थिए ।