-जी नेपाल
न छन् युवा देशमा न छ जोश जाँगर
एक बृद्ध् बोल्छन खाने बेला चै आँ गर ।
सुसासन्को नाममा भ्रस्टको शासन
झोलेकोमा पुग्ला घर–घरमा राशन् ।
कति बग्ला आँसु ति सहिदहरुको
बाल बृद्ध आमा बुबा युबाहरुको ।
उखान टुक्काले मात्र देश नचल्ला
टावरै बनाएर को पो लौ चड्ला ।
सत्ताको मात कतिसम्म हुने हो
घिटी–घिटी छ सास छोड्ने कुरा भो ।