काठमाडौँ – हाल सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा चार जना ट्राफिक प्रहरीले एक सर्वसाधारणलाई कुटपिट तथा दुर्व्यवहार गरेको दृश्य देखिएपछि ती प्रहरीहरूलाई निलम्बन गरिएको छ।


ADVERTISEMENT


काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक भिडियोबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रारम्भिक अनुसन्धानबाट घटना २०८१ मंसिर २३ गते काठमाडौँको सुन्धारा आकाशे पुल मुनि भएको पुष्टि भएको हो।


ADVERTISEMENT

# # #


घटनामा संलग्न देखिएका चार ट्राफिक प्रहरीहरूलाई तत्काल प्रभावबाट जिम्मेवारी मुक्त गर्दै निलम्बन गरिएको र उनीहरूविरुद्ध आवश्यक छानबिन तथा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कार्यालयले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएको छ। साथै, आम नागरिकसँग मर्यादित र अनुशासित व्यवहार गर्नु प्रहरीको कर्तव्य भएको भन्दै यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अपनाइने जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयद्वारा जारी विज्ञप्ति