काठमाडौँ– गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपदबाट हुने जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


२०७२ सालमा गएको भुकम्पको स्मृति दिवसमा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा प्राकृतिक विपद जुनसुकै बेला आउन सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहनुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भूकम्पको पूर्वानुमान गर्न नसकिने उल्लेख गर्दै जुनसुकै बेला भूकम्प आउनसक्छ भन्ने मानसिकता बनाएर त्यसबाट जोगिनका लागि तयारी हुनुपर्ने धारणा राख्नुभयो । भूकम्पबाट जोगिनका लागि सचेतना फैलाउन जरुरी रहेको उनले जनाए ।

उनले प्राकृतिक विपदबाट हुने क्षति न्यूनिकरणका लागि सरकार समेत तयारी अवस्थामा रहेको उल्लेख गरे ।

त्यस्तै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले ललितपुर क्षेत्रमा ७२ सालको भूकम्पले क्षति पुराएका सम्पदाको पुननिर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । ललितपुर महानगरमा आफ्नो कार्यकालमा पूर्वाधार लगाएतका कामहरुलाई तीव्रताका साथ अघि बढाइएको उनले जनाए ।

महर्जनले नगरलाई हरियाली बनाउनका लागि पनि काम भइरहेको जानकारी दिए । कार्यक्रममा भूकम्पसम्बन्धी चित्रकला लगाएतका प्रदर्शनी समेत गरिएको थियो ।