गोरखा – गोरखा जिल्लाको सहिद लखन गाउँपालिका–३, दार्सिङस्थित श्री गङ्गाधर्म आधारभूत विद्यालयमा शनिबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।


ADVERTISEMENT


शिविर छिमेक लघुवित्त बित्तीय संस्था लिमिटेड, गुन्जमान सिंह अस्पताल र सहिद लखन गाउँपालिका–३ को संयुक्त आयोजनामा सम्पन्न भएको हो।


ADVERTISEMENT

# # #


वडा नं ३ का वडाध्यक्ष दिपक पाण्डेका अनुसार भरतपुरबाट आएका १० भन्दा बढी वरिष्ठ चिकित्सकहरूको सहभागितामा शिविरमा ६ वटा सेवा उपलब्ध गराइएको थियो, जसमा भिडियो एक्सरे, स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि वितरण समावेश छन्।

शिविरमा ४५० भन्दा बढीले सेवा लिएका थिए भने २०० जना भन्दा बढीको भिडियो एक्सरे गरिएको थियो। उपचारबाट बञ्चित भएका नागरिकका लागि गुन्जमान सिंह अस्पतालमा विशेष सहुलियतमा थप उपचार सेवा उपलब्ध गराइने वडाध्यक्ष पाण्डेले जानकारी दिए।

छिमेक लघुवित्त बित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिपक निधि तिवारीले ग्रामीण भेगका जनताहरू आर्थिक तथा भौगोलिक कारणले उपचारबाट बञ्चित नहोस् भन्ने उद्देश्यले स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए।

ूग्रामीण क्षेत्रमा लुकेका रोग पहिचान गर्न र समयमा उपचार गर्न यस्ता शिविरले ठूलो सहयोग पुर्‍याउँछ,ू उनले भने, ूहामी आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछौं।ू