काठमाडौँ- राष्ट्रियसभाका सदस्य जीतजंग बस्नेतले संघीय र प्रदेश सरकारका मन्त्री र मन्त्रालयको संख्या घटाएर १९ बनाउनुपर्ने प्रस्ताव गरेका छन्।


ADVERTISEMENT


संविधान संशोधन गरेर जनप्रतिनिधिको संख्या कम गर्नुपर्ने उनले बताएका छन्। बस्नेतले जनप्रतिनिधिको खर्च कम गर्न र वडामा प्रतिनिधिको संख्या २–३ मा सीमित गर्नुपर्ने सुझाव दिए।


ADVERTISEMENT

# # #


उनले संविधानमा विशेषगरी जनप्रतिनिधिको संख्या घटाउने आवश्यकता रहेको र वडामा एक जना महिला र एक जना दलित महिला प्रतिनिधि राखेर संख्या कम गर्न सकिने बताएका छन्। प्रदेशका सांसद र मन्त्रीको संख्या घटाउनुपर्ने भन्दै बस्नेतले यदि भत्ता घटाउन सकिँदैन भने त्यसलाई हटाउनुपर्ने विचार पनि व्यक्त गरे।

सांसद बस्नेतले देशको समृद्धिका लागि राजनीतिज्ञहरूले त्याग गर्नुपर्नेमा जोड दिएका छन्। उनले राजनीतिक नेताहरूको समर्पण र भ्रष्टाचारविरुद्धको लडाइँलाई आवश्यक बताउँदै भने, “देशको विकासका लागि जनप्रतिनिधिहरूले आफ्ना परिवार र आफन्तका लागि होइन, सम्पूर्ण देशका लागि काम गर्नुपर्छ।”

उनले भ्रष्टाचारको अन्त्य र पारदर्शी शासन प्रणालीको आवश्यकता रहेकोमा जोड दिँदै, “यदि म मन्त्री भएँ भने मेरो मन्त्रालयमा कुनै प्रकारको भ्रष्टाचारको अनुमति नदिनेछु,” भने।