काठमाडौँ – आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
राष्ट्रपतिद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा सरकारले यही अधिवेशमा विद्यालय शिक्षा ऐन संसदबाट पारित गर्ने, संविधान संशोधनको विषयमा दलहरुसँग आवश्य छलफल अघि बढाउने, विद्युत आयात रोक्न र निर्यात बढाउन ठूला जलाशययुक्त आयोजना अघि बढाउने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’सहितको स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने लगायतका विषय उल्लेख छन् ।