धनगढी, सुदूरपश्चिम — नेपालमा गुणस्तर, नवप्रवर्तन र विश्वासको पर्याय बनिसकेको पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड ‘पञ्चकन्या बाथवेयर’ को औपचारिक शुभारम्भ धनगढीमा सम्पन्न गरेको छ।


ADVERTISEMENT


यो नयाँ ब्रान्डले नेपाली बाथवेयर बजारमा लामो समयदेखि देखिँदै आएको समस्यालाई सम्बोधन गर्ने उद्देश्य राखेको छ, जहाँ एकतर्फ अत्यधिक महँगा प्रिमियम उत्पादनहरू छन् भने अर्कोतर्फ सस्ता तर गुणस्तरहीन विकल्पहरूमात्र उपलब्ध छन्।


ADVERTISEMENT

# # #


पञ्चकन्या बाथवेयरले आधुनिक डिजाइनमा आधारित ट्याप, सावर र अन्य सहायक उपकरणहरू प्रस्तुत गरेको छ, जसले विलासिता, पहुँचयोग्यता र दीर्घकालीन भरपर्दोपनको उत्कृष्ट संयोजन प्रदान गर्दछ। नविनतम प्रविधि र दिगोपनमा केन्द्रित यो नयाँ उत्पादनले नेपाली घरपरिवार र व्यवसायिक स्थलहरूको दैनिक अनुभवमा गुणात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

धनगढीमा आयोजना गरिएको डिलर लञ्च कार्यक्रममा स्थानीय व्यवसायिक संघ, शिक्षा, होटल तथा निर्माण क्षेत्रका ६० भन्दा बढी विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। सो अवसरमा पञ्चकन्या ग्रुपका निर्देशक अशिक श्रेष्ठले कम्पनीको गुणस्तरप्रतिको प्रतिबद्धता, ब्रान्डको बजार दृष्टिकोण र यसको दीर्घकालीन रणनीतिबारे प्रकाश पारे। त्यस्तै, कम्पनीका सेल्स हेड बसन्त रिजालले उत्पादनको प्रमुख विशेषताहरू, सेवा प्रत्याभूति तथा आगामी योजनाहरू प्रस्तुत गरे।

कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तिहरूको सहभागिता रह्यो, जसमा उद्योग व्यवसायी संघ कैलालीका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, चौधरी कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक चेडुलाल चौधरी, निर्माण व्यवसायी संघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेठी, स्ट्रीमलाइन इन्जिनियरिङका निर्देशक मुकेश जोशी, नेत्रेश्वरी इन्टरप्राइजेजका निर्देशक अमित भोजानिया, हार्डवेयर एसोसिएसन कैलालीका अध्यक्ष कुबेर शाही लगायतको उपस्थित रहेको थियो ।