काठमाडौँ – नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै पौडेलले अर्थ मन्त्रालयले अगामी आर्थिक बर्षको बजेट लक गरिसकेको भन्दै नीति तथा कार्यक्रमको छलफल निरर्थक हुने देखिएको बताएका हुन् ।
उनले नीति तथा कार्यक्रममा आएका जनताका सरोकारका सुझावहरु अब बजेटमा समेटिने अवस्था न्यून रहेको धारणा राखे । पौडेलले नीति तथा कार्यक्रम, प्रि बजेट तथा बजेटको छलफलको श्रृखला नमिलेको तर्क गरे ।
चालू आर्थिक बर्षको योजनाहरु बजेट अभावका कारण अल्झेर बसेको अवस्थामा उक्त आयोजनालाई निरन्तरता नदिँदा थप समस्या हुने देखिएको उनले बताए ।
त्यस्तै उनले सरकारको कार्यक्रमले मुलुकको अर्थतन्त्र चलायमान गराउने नदेखिएको समेत आरोप लगाए ।