काठमाडौँ – वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षीय नेता नेपालको मंगलबार उपचारका क्रममा काठमाडौँको नर्भीक अस्पतालमा निधन भएको हो ।


ADVERTISEMENT


उनी लामो समय पार्किन्सन रोगबाट पीडित थिए । सोमबार नर्भिकको आईसीयूमा भर्ना गरिएका उनको मंगलबार अपराह्न निधन भएको हो ।


ADVERTISEMENT

# # #


तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा उनी सूचना तथा सञ्चारमन्त्री थिए । यसैगरी उनले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए।

एमालेको पोलिटब्युरो सदस्य रहिसकेका उनले पत्रकारिता एवं साहित्य विधामा निरन्तर कलम चलाउदै आएका थिए । नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख तथा प्रवक्ताका रूपमा समेत काम गरेका थिए ।
नवयुग, दृष्टि, छलफल, प्रकाश साप्ताहिकमा सम्पादकभएका नेपाल विभिन्न पत्रपत्रिकामा लेख, रचना र नियमित स्तम्भकारका रूपमा पनि सक्रिय थिए । भूमिगत कालमा उनी सञ्जय थापाका नाममा परिचित थिए । नेपालको जन्म विसं २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा भएको थियो ।