काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारको नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष यादवले पराम्परा धान्नका लागि मात्रै ल्याइएको नीति तथा कार्यक्रमको कुनै औचित्य नभएको बताएका हुन् । यसलाई पास गर्नु र नगर्नुको कुनै अर्थ नरहेको उनको भनाइ छ ।
अध्यक्ष यादवले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताए । उनले नीति तथा कार्यक्रमलाई समर्थन गर्ने वा नगर्ने भन्ने निर्णय पार्टी संसदीय दलको बैठकबाट हुने उल्लेख गरे ।