काठमाडौ–कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । संसदीय दलको कार्यालय सिंहदरवारमा भएको मतदानमा देउवाको पक्षमा ४४ मत खसेको थियो भने प्रत्यासी प्रकाशमान सिंहको पक्षमा १९ मत खसेको थियो ।


ADVERTISEMENT


मतदानमा सबै ६३ सांसद सहभागि भए ।


ADVERTISEMENT

# # #


देउवाको प्रस्तावकमा पार्टी नेता विजयकुमार गच्छदार थिए भने समर्थकमा मानबहादुर विश्वकर्मा रहेका थिए ।

त्यस्तै सिंहको प्रस्तावकमा सीतादेवी यादव थिइन् भने समर्थकमा सञ्जय गौतम रहेका थिए । नेपाली काँग्रेसको प्रतिनिधिसभामा प्रत्यक्षतर्फ २३ र समानुपातिक तर्फबाट ४० जना सदस्य छन् ।