मुम्बई–साउथ सुपरस्टार रजनीकान्त र बलिउडका चर्चित अभिनेता अक्षय कुमारको प्रतिक्षित चलचित्र २.० को टिजर लिक भएको छ । चलचित्रको टिजर अनलाइन मार्फत लिक भएको हो । रजनीकान्तको चलचित्रको टिजर लिक भएको यो दोस्रो पटक हो । यस अगाडि उनको फिल्म कालाको पनि टिजर लिक भएको थियो ।


ADVERTISEMENT


टिजर अनलाइनमा लिक भएको बिषयमा रजनीकान्तकी छोरी सौदर्याले पनि निकै दुःख ब्यक्त गरेकी छन् । उनले एक ट्वीट गर्दै लेकी छन् ‘यस्तो किसिमको क्रियाकलापलाई माफी दिइदैन ।’ साइन्स फिक्शनमा बिषय उठाएको चलचित्रको बजेट ४ सय करोड बताइएको छ । चलचित्रमा अक्षय कुमार नेगेटिभ भुमिकामा रहेका छन् ।


ADVERTISEMENT

# # #


सार्वजनिक टिजर अहिले सोशल मिडियाबाट हटाइएको छ । अक्षयको यो साउथ डेब्यु चलचित्र हो । शंकर केले निर्देशक गरेको चलचित्रमा अभिनेत्री एमी ज्याक्सन पनि महत्वपुर्ण भुमिकामा देखिने छिन् ।