काठमाडौं– राष्ट्रपतिको उमेदवार चयन गर्न नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । मङ्गलबार अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा राष्ट्रपतिको उमेदवारी टुङ्ग्याइने एमाले नेताहरूले बनाएका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले विद्या भण्डारीलाई नै दोहोर्‍याउन चाहेका छन् भने बरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिका लागि तीव्र लविङ गरेका छन् ।


ADVERTISEMENT

# # #


कुन पक्ष बलियो ? 

एमालेमा २७ सदस्यीय स्थायी कमिटी छ । तर, २२ जनाले मात्र मतदान गर्न पाउनेछन् । ४ आमन्त्रित सदस्य र एक पदेन सदस्यको मतादिधार छैन । त्यसका अतिरिक्त प्रधानमन्त्रीले मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने विधानतः व्यवस्था छ ।

पछिल्लो समय नेता माधव नेपाल मौन छन् । उनले झलनाथ या विद्या भनेर आफूलाई कित्ताकाट गरिनसकेको स्रोत बताउँछ । त्यसबाहेक महाधिवेशनताका ओली खेमामा लागेका उपाध्यक्ष वामदेव गौतमले झलनाथलाई साथत दिने मनसायमा छन् । उपाध्यक्षद्वय युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, योगेश भट्टराई, गोकर्ण विष्ट, किरण गुरुङस्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, खनालको पक्षमा खुलेका छन् ।

यता भण्डारीलाई भने महासचिव ईश्वर पोखरेल, उमहासचिव विष्णु पौडेल, सचिवद्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, शंकर पोखरेल, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा मुकुन्द न्यौपानेको साथ छ ।

त्यसबाहेक पार्टी उपाध्यक्ष भीम रावल पनि कतै खुलेका छैनन् । महाधिवेशताका नेता नेपाल समूहमा रहेका रावल ततपश्चातभने कहिले तटस्थ कहिले ओली निकटस्थ देखिँदै आएका छन् ।