काठमाडौँ–  प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।  सोमबारबाट सुरु भएको संघीय संसद् बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताले सम्बोधन गर्ने कार्यसूची रहेको छ ।


ADVERTISEMENT


यस्तै आजको बैठकको मुख्य कार्यसूचीमा सभामुख चयनको मिति तय गर्ने, प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गर्ने प्रस्ताव पेश गर्ने, सभामुखको चयनको मिति तोक्ने कार्यक्रम कार्यसूचीमा रहेको संसद सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


अन्य दलका नेताले बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता केपी ओलीले भने आजको बैठकलाई सम्बोधन नगर्ने जानकारी दिइएको छ । उनको सट्टा एमाले वरिष्ठ नेता माधव नेपालले बैठकलाई सम्बोधन गर्ने छन् । संसदमा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम गरी ५ दलको मात्रै प्रतिनिधित्व छ ।