काठमाडौँ – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरुपमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


बुधबार राष्ट्रियसभा बैठकमा बजेटको सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा श्रेष्ठले राजनीतिक अस्थिरता अन्त्य गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले महँगो र भ्रष्टीकृत निर्वाचन प्रणाली फेरेर पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने उल्लेख गरे । श्रेष्ठले जननिर्वाचित सांसदहरुलाई कानून बनाउनमा केन्द्रीत गर्दै सरकार सञ्चालनका लागि मन्त्रीहरुलाई बाहिरबाटै नियुक्त गर्नुपर्ने धारणा व्यक्त गरे । उनले सुशासन, मितव्ययिता अहिलेको आवश्यकता भएकाले संघ र प्रदेशमा सांसदहरुको संख्या घटाउनुपर्ने र मन्त्रीमण्डलको संख्या पनि घटाउनुपर्ने बताए ।

श्रेष्ठले कमजोर विधिको शासन र भ्रष्टाचारीको संरक्षण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने समेत उल्लेख गरे । उनले बजेटका सन्दर्भमा हुने छलफलमा आएका सुझावहरुलाई समेट्ने नदेखिएकाले यस्ता छलफल र बहसहरुलाई व्यहारिक बनाउन सुझाव समेत दिनुभयो ।