काठमाडौँ – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालीलाई नेपालको रोजगारीमा संलग्न गराउन श्रम बजारको माग बमोजिमको जनशक्ति तयार गर्नु पर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले बिहीवार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री भण्डारीले देशभित्रै रोजगारी सृजना गर्नु नै पर्ने चुनौतीलाई समाधान गर्न सबै सरोकारवालाहरु गम्भीरतापूर्वक कार्य गर्नु पर्ने समेत बताए । देशभित्र आन्तरिक रोजगारीको प्रचुर सम्भावनाहरु रहेको भन्दै उनले व्यवहारिक र प्रविधिमा आधारित ज्ञान सीपको प्रवद्र्धन गर्नुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


मन्त्री भण्डारीले मुलुकभित्र सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न मन्त्रालयले आन्तरिक रोजगार दशक लागू गर्न खोजिरहेको उल्लेख गरे । उनले श्रम क्षेत्रमा आउने चुनौतीको सामना गर्न, वैदेशिक रोजगारीमा रहेकालाई नेपालमा फर्काएर रोजगारीको वातावरण सिर्जना गर्न सरोकारवाला सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा आन्तरिक रोजगारी सिर्जना गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्न, बजार र मागमा आधारित सीपमूलक तालिमहरुको पाठ्यक्रम, समयावधी लगायतका विषयमा तीन वटा कार्यपत्रहरु प्रस्तुत गरिएको थियो ।