काठमाडौँ – नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संघीय निजामती विधेयकका विषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


बिहीबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले निजामती विधेयकलाई रोक्ने सरकारको कुनै योजना नरहेको भन्दै यस विषयमा माओवादीले राजनीति गर्न खोजेको आरोप लगाएका हुन् । सरकारकै पहलका कारण उक्त विधेयक समितिबाट छिटो पारित भएर संसदमा आएकाले प्रतिपक्षीले अनावश्यक राजनीति गर्न जरुरी नरहेको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘माओवादीले यस विषयमा अनावश्यक राजनीति गर्न आवश्यक छैन । माओवादी केन्द्रका प्रमुख सचेतकले आज जे बोल्नुभयो, कार्यसूची कसले राख्ने हो भन्ने कुरा जिम्मेवार पदमा बसेको माननीय बुझ्नुपर्छ ।’

बर्तौलाले प्रधानमन्त्रीले समेत उक्त विधेयक छिटो पारित गर्ने वातावरण बनाउन निर्देशन दिइसकेको जानकारी दिए । निजामति विधेयकका सन्दर्भमा कुनै आशंका नगर्न उनले आग्रह गरे । बर्तौलाले असार १५ गते अगाडि नै सम्बन्धीत विभागीय मन्त्रीसंग छलफल गरेर उक्त विधेयकलाई सदनबाट अघि बढाइने दाबी गरे ।

उनले अहिले असारमसान्तभित्र बजेट पारित गरिसक्नुपर्ने अवस्था भएकाले नियमित विधेयकलाई रोकेर बजेटमाथिको छलफललाई तीव्रता दिइएको बताए ।