काठमाडौँ – राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौं जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने बताएका छन् ।


ADVERTISEMENT


सोमबार काठमाडौंमा आयोजित युवासंग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० बर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिदै दुई दशक नपुगेको गणतन्त्र लाखौं जनता सडकमा आए एकैदिनमा समाप्त हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘यो नाथे गणतन्त्र दुई दशक पुगेको छैन । शान्तिपूर्ण ढंगले हामी लाखौँ जनता सडकमा आयो भने एकैदिनमा समाप्त हुन्छ । हामीले ढुंगा हान्नु पर्दैन ।’ उनले भने, ‘हामीले गर्ने आन्दोलन व्यवस्था परिवर्तनका लागि हो र त्यो आन्दोलन शान्तिपूर्ण र अहिंसातमक हुन्छ ।’

भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने अध्यक्ष लिङदेनले बताए । उनले  अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यहि अवस्था रहे वर्षौंसम्म पनि अनुभूति हुनेगरिको परिवर्तन महशसु गर्न नपाउने धारणा राखे । उनले देश बिग्रिए केपी ओली, शेर बहादुर देउवा वा प्रचण्डको केही नबिग्रने तर युवाहरु भविष्य भने बिग्रने भएकाले युवाहरु नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए ।