काठमाडौँ – बहुविवाह मुद्दाको फरार प्रतिवादी साढे चार वर्षपछि पकाउ परेका छन् । पक्राउ पर्नेमा अछामको मंगलसेन नगरपालिका वडा नं. १४ का २८ वर्षीय रमेश भण्डारी रहेका छन् ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट कालागाउँबाट खटी गएको प्रहरी टोलीले भण्डारीलाई जेठ ९ गते मंगलसेन नगरपालिका वडा नं. १४ कालागाउँबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


बहुविवाह मुद्दामा जिल्ला अदालत अछामले २०७७/०६/०५ गते भण्डारीलाई ११ महिना १७ दिन कैद र १० हजार जरिवाना हुने गरी फैसला गरेको थियो । फैसलापछि उनी फरार रहेका थिए ।

पक्राउ परेसँगै जिल्ला अदालत मंगलसेन अछाममा पेश गरेसँगै अदालतले जिल्ला कारागार मंगलसेन पठाउने आदेश दिएको छ ।