काठमाडौँ– प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।


ADVERTISEMENT


गृहमन्त्रीको राजीनामा माग्दै विपक्षीको नाराबाजीपछि प्रतिनिधि सभाको ३० मिनेटको लागि बैठक स्थगित भएको हो । उनीहरुले छानविन समिति बनाएर गृहमन्त्रीमाथि अनुसन्धान गर्न समेत माग गरेका छन् ।


ADVERTISEMENT

# # #


प्रतिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले माओवादी केन्द्रका सांसद बर्षमान पुनलाई बोल्न समय दिएका थिए । पुनले भिजिट भिसा प्रकरण मानवतस्करीसंग जोडिएको उल्लेख गर्दै बिमानस्थलभित्रकै भ्रष्टाचार राजनीतिक संरक्षणबिना सम्भव नरहेको बताए । सो प्रकरणमा गृहमन्त्री प्रत्यक्ष जोडिएको देखिएकाले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्न उनले सुझाए । पुनले गृहमन्त्रीले राजीनामा दिएर अनुसन्धान हुने वातावरण नबनेसम्म सदन चल्न नसक्ने स्पष्ट पारे ।

त्यस्तै रास्वपा सांसद शिशिर खनालले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोगमार्फत गृहमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने बताए । उनले गृहमन्त्री लेखक पदमा रहेसम्म निष्पक्ष छानविन हुन्छ भनेर विश्वास गर्न नसकिने भन्दै राजीनामा दिनुपर्ने जिकिर गरे । निष्पक्ष छानविनका लागि समिति गठन नभएसम्म सदन चल्न नदिने उनले जनाए ।

गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीले सदनमा विरोध गरेपछि सभामुख घिमिरेले आसनग्रहण गरेर सहज रुपमा सदन चल्ने वातावरण बनाउन आग्रह गरेका थिए । प्रतिपक्षीको विरोधकैबीच कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बोल्नका लागि समय माग गरेपछि सभामुख घिमिरेले बोल्न समय दिदा बिपक्षी दलहरु नारावाजीमा नै उत्रिएका थिए । प्रतिपक्षी दलले निरन्तर नारावाजी गरेपछि प्रतिनिधिसभा बैठक ३० मिनेटका लागि बैठक स्थगित गरिएको हो ।