काठमाडौँ – रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभइ मानव तस्करीको विषय भएकाले गम्भीर भएर छानविन हुनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै पराजुलीले मानवतस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप समेत लगाए ।


ADVERTISEMENT

# # #


अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीहरुलाई बेच्ने प्रकरणमा राज्यको निकायहरु नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको विषयमात्रै हुन नसक्ने उनले बताए । ‘अध्यागमनबाट भिजिट भिसामा लाइन लगाएर नेपाली जनतालाई बेच्ने तरखरमा स्वयम् राज्यका निकाय जोडिएको कुरा बाहिर आउँदै गर्दा राज्यले कारबाही गर्नुको सट्टा बचाउने प्रकरणमा लागेको छ ।’ उनले भने, ‘यतिखेर हामीले गृमन्त्रीको राजीनामा माग गरिरहेका छौँ ।’

सांसद पराजुलीले भिजिट भिसामार्फत मानवतस्करीको बिषयमा अख्तियारले छानविन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारीलाई बचाउनका लागि रातारात सरुवा गर्ने काम गरेको आरोप लगाए ।

उनले थपे, ‘अख्तियारले अनुसन्धान सुरु गरिसकेपछि प्रकरणमा मुछिएका कर्मचारीलाई कारबाही गर्नुको सट्टान गृहमन्त्रीले उनलाई मन्त्रालयमा सरुवा गराउनु भयो । अन्य १५ जन कर्मचारीलाई सरुवा गरिएको छ । यसलाई कारबाही भनिन्छ ?’

गृहमन्त्री लेखकलाई दोषिसंग जोडेर हेर्ने शंकाको दायरा फराकिलो भएकाले राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनले बताए । पराजुलीले उक्त प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गरेर सत्यतथ्य छानविन गर्ने र दोषिलाई कडा कारवाही हुनुपर्ने धारणा राखे ।