काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जेठ १५ गते काठमाडौंलाई नियन्त्रणमा राख्ने प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT


मंगलबार विराटनगरमा जिपी कोइराला लेवर फाउण्डेशन नेपालले आयोजना गरेको कार्यक्रममा कोइरालाले अरुलाई निषेध गर्ने गरी आएको प्रधानमन्त्रीको अभिव्यक्ति निरंकुशताको सुरुवात भएको टिप्पणी गरेका हुन् । उनले अब पनि कांग्रेस नेतृत्वले बुझ्न नसके कांग्रेस डुव्दै जाने तर्क गरे ।


ADVERTISEMENT

# # #


नेता कोइरालाले सत्तासाझेदार दलको हैसियतले कांग्रेसले यस अवस्थालाई सम्हाल्न सक्नुपर्ने धारणा राखे । उनले भने, ‘एमाले अध्यक्षले जुन कुरा भन्नुभएको छ, त्यो निरंकुशताको सुवात हो । अझ पनि हाम्रा नेतृत्वले बुझ्न सक्नुभएन भने हामी अझ डुब्दै जान्छौँ । सम्हानुस्, नेतृत्व जसले गरिरहनु भएको छ, उहाँहरुले सम्हाल्ने हो ।’

उनले नीतिगत भ्रष्टाचारका नाममा मुलुक जर्जर बनाउने कार्य भईरहेकोले समयमा नै नियन्त्रण गर्नुपर्ने जिकिर गरे ।

भ्रष्टाचार र दण्डहिनताका कारण मुलुक संकटमा पर्दै गएकाले राजनैतिक दलका नेताहरु सचेत र सजग हुनुपर्ने उनले बताए । कोइरालाले मुलुक ग्रे लिष्टमा परेकोले चाडै नै यसबाट बाहिर निकाल्न गभर्नरले प्रभावकारी कदम चाल्नुपर्ने धारणा व्यक्त गरे ।

प्रशिक्षण कार्यक्रममा सहभागिहरुले श्रमिकहरुलाई हक अधिकार प्रदान गर्न श्रम आयोग बनाउनुपर्ने जिकिर गरेका थिए ।