काठमाडौं–नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्‍याउने भएको छ । नेकपा एमालेले राष्ट्रपतिमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट माओवादी केन्द्रले पनि वर्तमान उपराष्ट्रपति पुनलाई नै भावी उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।


ADVERTISEMENT


माओवादी नेता जनार्दन शर्माले प्रधानमन्त्रीसँगको समझदारीका आधारमा उपराष्ट्रपतिमा पुनलाई नै दोहोर्‍याउने निर्णय गरेको बताए । ‘राष्ट्रपति र उपराष्ट्रपति दुवैले कुनै विवादित हुने काम नगरेको हुनाले प्रधानमन्त्रीज्यूसँगको समझदारीका आधारमा हामीले पनि उपराष्ट्रपति दोहोर्‍याउने निर्णय लिएका छौं’, उनले भने ।


ADVERTISEMENT

# # #


एमालेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार मध्यरातिसम्म बसेको स्थायी कमिटि बैठकबाट भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कुमारी लक्ष्मी लामालाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

राष्ट्रपतिको निर्वाचन प्रक्रिया फागुन २३ (आज) बाट सुरु भएर २९ गते टुंगिदैछ। आजै दिउँसो राष्ट्रपतिका उम्मेदवारको मनोनयन हुँदैछ । २९ गते निर्वाचनमार्फत देशको तेस्रो राष्ट्रपति चुनिँदैछ ।

यही फागुन २९ गतेका लागि तोकिएको राष्ट्रपतिको निर्वाचन कार्यतालिका अनुसार आज ३ बजेसम्म मनोनयन गर्नुपर्नेछ ।