काठमाडौं–प्रहरीले राजधानीमा अवैध लागूऔषध भित्र्याउने एक भारतीय डिलरलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाले अवैध लागूऔषध डिलरका रूपमा सप्लाई गर्ने भारतीय नागरिक मोहमद रूजादीनसहित तीन जना नेपालीलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ परेका रूजादीनले काठमाडौंमा आउने अवैध लागूऔषधको डिलरनै सञ्चालन गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीसँगै नुवाकोटका सुनिल घिमीरे र विगु राईलाई पनि पक्राउ गरेको छ ।


ADVERTISEMENT

# # #


प्रहरीले उनीहरुको साथबाट ४ हजार भन्दा बढी सेट फेनारगन, डाईजेपामलगायतका लागूऔषध बरामद गरेको छ । उनीहरु बारे थप विवरण दिन महानगरी प्रहरी परिसर काठमाडौंले दिउँसो पत्रकार सम्मेलन गर्ने जनाएको छ ।