काठमाडौँ– सत्तारुढ दल नेकपा एमालेको गणतन्त्र उत्सव र्याली यतिबेला शान्तिवाटिका पुगेको छ ।
सांस्कृतिक झांकीसहितको उत्सव सुरु गरेको र्याली शान्तिवाटिका पुगेपछि प्रहरीले राजावादीलाई हटाएको छ । दुई पक्षबीच कुनै पनि तनावको स्थिती सिर्जना नहोस् भन्नका लागि प्रहरीले राजावादी समूहलाई तत्कालाका लागि त्यहाँबाट हटाइएको जनाएको छ ।
प्रहरीले रत्नपार्कमा भेला भएका राजावादी समर्थकलाई जमल तर्फ पठाइएको छ ।
भृकुटिमण्डपमा आयोजना हुने सभाका लागि अहिले एमालेको र्याली रत्नपार्क हुँदै त्यसतर्फ गइरहेको छ ।
यता राजावादीहरुको जुलुस पनि छुट्टाछुट्टै स्थानबाट दिउँसो २ बजे रत्नपार्कमा गएर मुख्य जनप्रदर्शन गर्ने बुझिएको छ ।