काठमाडौं – नेपाली कथानक चलचित्र ‘लिलीबिली’ को ट्रेलर सार्वजनिक गरिएको छ । नायक प्रदीप खड्का र नव नायिका जसिता गुरुङ चलचित्रमा शिर्ष भूमिकामा छन् । ट्रेलरमा प्रेम कहानी र एक्सन समेटिएको छ ।


ADVERTISEMENT


मिलन चाम्सले निर्देशन गरेको चलचित्र ‘लिलीबिली’ मा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपविक्रम शाही, रितेस चाम्स, मनिष श्रेष्ठ, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।


ADVERTISEMENT

# # #


चलचित्रलाई मिलन चाम्स, गोविन्द शाही र सुदीप खड्काले संयुक्त लगानीमा निर्माण गरेका हुन् । चैत ३० मा प्रर्दशन हुने चलचित्र ‘लिलिबिली’ युरोपका लन्डन, स्कटल्याण्ड, टर्कीको स्थानबुलमा पुगेर छायांकन गरिएको थियो ।