डोल्पा– एक सातायता बन्द रहेको डोल्पा सदरमुकाम दुनै बुधबार बिहानबाट खुलेको छ । सदरमुकाम दुनैमा रहेको ठुलीभेरी नगरपालिकाको केन्द्र जुफाल सारिएपछि सदरमुकामबासीले एकसाता देखि आन्दोलन जारी राखेका थिए ।


ADVERTISEMENT


बन्दका कारण जनजीवन प्रभावित भएकोलाई मध्यनजर गरी बुधबार देखि बन्द खुलाइएको आन्दोलन संघर्ष समिति डोल्पाले जनाएको छ ।


ADVERTISEMENT

# # #


बन्द खुलाइएपनि आन्दोलनलाई जारी राखिने बताइएको छ । जस अन्तर्गत शान्तिपूर्ण बिरोध सभा, हस्ताक्षर संकलन अभियान र कालो झन्डा प्रर्दशन लगायतका सांकेतिक कार्यक्रम जारी राख्ने आन्दोलन संघर्ष समितिका संयोजक हिक्मत शाहीले जानकारी दिए ।

छोटो अवधिमा आफुहरुको माग पुरा नभए पुनःआन्दोलनको स्वरुपमा परिबर्तन गरेर अनिश्चितकालीन बन्द गरिने शाहीले चेतावनी दिए ।