काठमाडौं – भारतको सिक्किम युनाइटेडलाई हराउदै झापा ११ बिर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वाटरफाइनलमा सिक्किमलाई २ – १ ले हराउदै झापाले सेमिफाइनलमा स्थान बनाएको हो ।


ADVERTISEMENT


बिर्तामोडस्थित डोमलाल रंगशालामा झापालाई जित दिलाउन खामीर गिल्सेन काङदवाले एक गोल गरे । झापाले एक गोल आत्मघाती उपहार पाएको थियो । सिक्किमका जिग्मी दोर्जे भुटियाले आत्मघाती गोल गरेका थिए । यस्तै सिक्किमका डोक लेप्चाले एक गोल फर्काएका थिए ।


ADVERTISEMENT

# # #


प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती अग्रता सिक्किमले लिएको थियो । खेलको १८ औं मिनेटमा डोक लेप्चाले गोल गर्दै सिक्किमलाई सुरुवाती अग्रता दिलाए । तर, खेलको २४ औं मिनेटमा झापाका काङदवाले एक्रोब्याटिक सटमा गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।

खेलको ४२ औं मिनेटमा भुटियाले आत्मघाती गोल गरेपछि झापा २ – १ ले अघि रह्यो । विश्वास श्रेष्ठको क्रस क्लियर गर्ने क्रममा भुटियाले आफ्नै पोष्टमा गोल गरेका थिए । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन र खेल झापाले २ – १ ले आफ्नो बनायो ।

झापाले अब सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबको बिजेतासँग खेल्ने छ । आर्मी र पुलिसबिचको खेल बिहिबार हुनेछ । प्रतियोगिताको बिजेताले १२ लाख ५१ हजार प्राप्त गर्ने छन् ।