काठमाडौँ– धनगढीमा जारी सगरमाथा धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट अन्तर्गत पाँचौं दिनको दोस्रो खेलमा सीवाइसी अत्तरियाले जितेको छ । एसएसपी क्रिकेट मैदान धनगढीमा सीवाइसी अत्तरियाले चौराहलाई ४० रनले हराउँदै आफ्नो दोस्रो जित निकालेको हो ।


ADVERTISEMENT


टस जितेर व्याटिङको लागि आएको सीवाइसी अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । जवाफी व्याटिङमा १ सय ४३ रनको लक्ष्य लिएर आएको टिम चौराह धनगढीले ९ विकेट गुमाई १ सय २ रनमात्र बनाउन सक्यो ।


ADVERTISEMENT

# # #


पारस खड्काको कप्तानीमा रहेको टिम चौराह धनगढीले पहिलो तीन खेलमै पराजय बेहोरिसकेको छ । टोली लगभग प्रतियोगिताबाट बाहिरिएको छ ।