काठमाडौँ– विश्व वातावरण दिवसका अवसरमा ललितपुर जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैंडा थपिएको छ ।


ADVERTISEMENT


चितवनबाट ल्याइएको गैंडालाई बिहीबार जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको हो ।


ADVERTISEMENT

# # #


चिडियाखानामा एउटामात्रै गैंडा भएपछि वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज बिभागको प्रयासमा अर्को गैडा थप गरिएको सदर चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए । बिहिबारदेखि नै प्रदर्शनमा राखिएको उक्त गैंडाको उमेर ३ बर्षको रहेको उनले बताए ।

सदर चिडियाखानाले दुईवटा गैंडा माग गरेकोमा अर्को गैंडा छिटै आउने प्रमुख साहले जानकारी दिए ।