काठमाडौँ — राजावादी आन्दोलनका क्रममा हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईलाई थुनछेक बहसका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।
चैत्र १५ गते तीनकुनेमा आयोजित राजावादी प्रदर्शनमा ‘जनकमान्डर’ का रूपमा संलग्न भएको आरोप लागेका प्रसाई आन्दोलनको करिब दुई सातापछि पक्राउ परेका थिए।
प्रसाईमाथि राज्यविरुद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। उनीसँगै उनका अंगरक्षक दीपक खड्कालाई समेत प्रहरीले झापाको भद्रपुरबाट नियन्त्रणमा लिएको थियो।
अहिले जिल्ला अदालतमा थुनछेक सम्बन्धी बहस जारी रहेको छ। अदालतको निर्णयपछि प्रसाई थुनामा पठाइने वा रिहा हुनेबारे टुंगो लाग्नेछ। फाइल तस्बिर