इटहरी — नेपाली फिल्म ‘महाराजधिराज’ मा अभिनेत्री उषा रजकको इन्ट्री भएको छ । यससंगै मुख्य कलाकारहरूको टोली पूर्ण भएको निर्माण पक्षले जनाएको छ ।


ADVERTISEMENT


निर्देशक परिच्छेद सेनको निर्देशनमा तयार हुने यस फिल्ममा नयाँ पुस्ता र पुराना पुस्ताका कलाकारहरूको संयोजन गरिएको छ। यसअघि नै आर्यन सिग्देल, रमेश उप्रेती, पल शाह, पुष्प खड्का, जय किशन बस्नेत, गजित विष्ट, वर्षा राउत, वर्षा शिवाकोटी र आशा पौडेलजस्ता चर्चित कलाकार अनुबन्ध भइसकेका थिए।


ADVERTISEMENT

# # #


फिल्मको कथा पनि निर्देशक सेन आफैंले लेखेका हुन्। प्रस्तुतकर्ता विराज बिष्टका अनुसार, अब केही सहायक भूमिकाको मात्र छनोट बाँकी छ।

‘महाराजधिराज’ छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने भएको हो। टोपेन्द्र विष्ट, चक्रबहादुर केसी र रवि खड्का फिल्मका निर्माता हुन्। फिल्म आगामी फूलपातीमा देशव्यापी प्रदर्शनमा ल्याउने तयारी भइरहेको छ भने छायांकन मिति र प्राविधिक टोलीको विवरण चाँडै सार्वजनिक गरिने जनाइएको छ।