विराटनगर– मोरङ, झापा र उदयपुरबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


हिजो बेलुका ६ बजे मोरङको विराटनगर महानगरपालिका १६ हुलासचौक स्थितबाट लागू औषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले कोशी गाँउपालिका–३ बस्ने ३५ बर्षीय श्याम कुमार यादवलाई ब्राउन सुगर १ ग्राम ५१० मिलिग्राम सहित पक्राउ गरिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै हिजो राती सँवा ८ बजे झापा भद्रपुर नगरपालिका ४ डाँगीबारी स्थितबाट वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका ४ अनारमनि बस्ने ४२ बर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका १ सुर्यनगर बस्ने २४ बर्षीय अशारु चौधरीलाई ब्राउन सुगर २ ग्राम ०४० मिलिग्राम सहित पक्राउ गरिएको हो ।

यस्तै हिजै बेलुका साँढे ६ बजे उदयपुर त्रियुगा नगरपालिका ११ स्थितबाट जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १० का २३ बर्षीय रोनिस दाहाल र १८ बर्षीय बसन्त मोतेलाई लागू औषध ट्रामोल ५५ क्पाप्सुल, तत्काल नाम नखुलेको औषधी ३२ क्याप्सुल सहित पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।