काठमाडौँ– नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुको बन्द सत्रमा अध्यक्ष मण्डलले सर्वसम्मतिका लागि भन्दै सुजन कडरियाको नाम प्रस्ताव गरिएपछि बन्दसत्रमा नाराबाजी चलेको छ ।
कीर्तिपुरमा जारी २४औं महाधिवेशनमा ५ जनाले अध्यक्ष पदमा दावी गरेका छन् । तर एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई हुँदा अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको हो ।
तर, अध्यक्षका दाबेदार प्रकाश पौडेल, दिपक धामीले चुनावको माग गरेका छन् । असन्तुष्ट पक्षले ‘सेलेक्सन मान्दैनौं, इलेक्सन चाहियो’ भन्दै होहल्ला र नाराबाजी गरेपछि अहिले बन्द सत्र स्थगित गरिएको छ ।
महाधिवेशनमा अध्यक्ष भानुभक्त ढकालले अध्यक्षमा डा। सुजन कडरिया, उपाध्यक्ष प्रकाश पौडेल र अन्जना शिवाकोटी साथै महासचिव दिपक धामीको नाम सर्वसम्मतिका लागि प्रस्ताव गरेका छन् ।