काठमाडौँ— पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको छ।


ADVERTISEMENT


प्रहरीको उच्च स्रोतले दिएको जानकारीअनुसार, विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा पाठकमाथि उजुरी परेपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको हो।


ADVERTISEMENT

# # #


यद्यपि पाठकविरुद्ध कसले उजुरी दिएको र कस्तो आरोप लगाइएको हो भन्नेबारे प्रहरीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन। उनीविरुद्ध बाँकी विषय हाल अनुसन्धानको चरणमा रहेको प्रहरीले जनाएको छ ।

यस्तो छ विवाद कारण ?

पत्रकार पाठकले तीन हप्ता अगाडिआफ्नो युट्युब च्यानलमा हिल्टन होटलको सेयर कारोबार सम्बन्धमा एक रिपोर्ट सार्वजनिक गरेका थिए।

उक्त रिपोर्टमा उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको अन्तर्राष्ट्रिय रियलस्टेट कारोबार र त्यसको शंकर ग्रुपसँगको सम्बन्धबारे प्रश्न उठाएका थिए।

पाठकले जयवीर देउवाको सम्पत्तिको स्रोतबारे समेत सार्वजनिक रुपमा जिज्ञासा व्यक्त गरेका थिए।

उक्त सामग्री सार्वजनिक भएलगत्तै, शंकर ग्रुपले २१ वैशाखमा प्रेस विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेको थियो। विज्ञप्तिमा सोको विरुद्व कानुनी प्रक्रियामा जाने पनि उल्लेख गरिएको थियो ।

यसै घटनालाई लिएर पाठकविरुद्व साइबर ब्यूरोमा उजुरी परेको भन्ने अनुमान गरिएको छ।