काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एअर इण्डियाको विमान दुर्घटना भएको छ ।


ADVERTISEMENT


भारतीय समाचार एजेन्सीहरुका अनुसार अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडान भरेको केही समयपछि नै दुर्घटना भएको हो ।


ADVERTISEMENT

# # #


बोइङ ७८७–८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए । दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेकोले उक्त क्षेत्रबाट प्राप्त दृश्यहरूले हावामा बाक्लो कालो धुवाँ देखिएको जनाइएको छ ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।