काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले एक साताभित्र देशभर मनसुन सक्रिय हुने जनाएको छ ।
यस बर्ष औसत मिति भन्दा १५ दिन अघि नै नेपालको पूर्वी भूभागमा मनसुन प्रवेश गरेको र एक साताभित्र देशभर मनसुन सक्रिय हुने विभागले जनाएको हो ।
विभागकी वरिष्ठ मौसमविद् शान्ति कडेलले बिहीबारबाट देशव्यापी रुपमा बर्षाका गतिविधि वृृद्धि हुँदै गएको जानकारी दिइन् । केहि दिन सबै प्रदेशमा हल्कादेखि भारी बर्षाको सम्भावना देखिएको उनले जनाइन् । उनले हालसम्म मनसुनी वायु पूर्वी क्षेत्रमा मात्रै रहेको र एक साताभित्र देशभर फैलने जानकारी दिइन् ।
कँडेलले यस बर्ष देशभर बर्षाका साथै अधिकतम तथा न्यूनतम तापक्रम समेत औसत भन्दा बढि मापन हुने सम्भावना देखिएको उल्लेख गरे ।
उनले जल तथा मौसम प्रकोपबाट हुने क्षति न्यूनिकरणका लागि सर्वसाधारणहरुले समेत मौसमको जानकारी लिनुपर्ने बताए ।