काठमाडौँ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राख्दै आफूहरुले गरिरहेको आन्दोलन नयाँ ढंगले अघि बढ्ने बताएका छन् ।


ADVERTISEMENT


राप्रपा नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष थापाले आफूहरुले गरेको आन्दोलनमा केही कमीकमजोरी भएको भन्दै त्यसलाई सच्चाउदै नयाँ ढंगले आन्दोलन अघि बढाउने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफूहरुको आन्दोलन तुहिएको हो कि भन्ने भ्रममा नरहन आग्रह समेत गरे । आफूहरुको मुद्दालाई निर्णायक तहमा पुराउन संयुक्त जनआन्दोलन परिचालन समिति आगामी दिनमा सशक्त रुपमा आउने उनले बताए ।

संयुक्त जनआन्दोलन परिचालन समितिबाट केही समूहहरु अलग हुन थालेको भन्ने भ्रममा नरहन आग्रह गर्दै अध्यक्ष थापाले समिति अहिले पनि एकताबद्ध रहेको दाबी गरे ।

उनले राजसंस्थासहितको प्रजातन्त्रको कुरा गरेर निरंकुश व्यवस्थातर्फ फर्किन लागेको भन्ने कुरामा सत्यता नरहेको बताए ।