काठमाडौँ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद कारवाही सुरू गरेका छन् ।
उनले आइतबार प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाका सांसदले बेल घेराउकै बीच संसद कारवाही अघि बढाएका हुन् ।
सभामुख देवराज घिमिरेले बैठक शुरु गर्न लागेपछि रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए । सभामुखले आकस्मिक समयमा बोल्न दलगत सांसदलाई समय दिन्छु भन्दै कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेलाई समय दिएपछि रास्वपाले आपत्ति जनाएको थियो ।
हाल सदनमा एकातिर प्रतिपक्ष दलहरु नाराबाजी गरिरहेका छन् भने अर्काेतिर संसद कारवाही सञ्चालन भइरहेका छन् ।