पाँचथर – मेची राजमार्गमा पर्ने पाँचथरस्थित हेवा खोलामा निर्माणाधिन बेलिब्रिज भाँचिर घाइते भएका तीन जना कामदारको मृत्यु भएको छ।
पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ लाई जोड्ने गरेर मेची राजमार्गमा निर्माणाधिन हेवाखोलाको बेलिब्रिज शनिबार दिउँसो अचानक भाँचिएको थियो।
बेलिब्रिज भाँचिँदा त्यहाँ कार्यरत ६ जना मजदुर घाइते भएका थिए। गम्भीर घाइते भएका तीनजनाको उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका – १२ घर भएका २२ वर्षीय रुपलाल चौधरी, सोही ठाउँका २७ वर्षीय राजन चौधरी र २२ वर्षका राकेश चौधरी रहेका छन्।
पुल भाँचिँदा २५ वर्षीय भुलेश्वर चौधरी, ३५ वर्षीय प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी पनि घाइते भएका छन्। घाइते सबैको विरानगरमै उपचार भइरहेको छ। उपचाररतमध्ये भुलेश्वरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।