काठमाडौं – पछिल्लो समय रेमिटेन्सले देशको अर्थतन्त्रको मेरुदण्डका रुपमा योगदान गर्दै आएको छ । तर, राजेगारीको सिलसिलामा विदेशिएका नेपाली युवाले पसिना बगाएर आर्जेको पैसा स्वदेश पठाउन विभिन्न झण्डझट व्यहोर्दै आएका छन् ।
यही समस्यालाई मध्यनजर गर्दै नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिल बैँकले विदेशबाट नेपाल पैसा पठाउने माध्यमलाई अझ सजिलो र सहज बनाएको छ । जस अनुसार अब जापान, हङकङ र दक्षिण कोरियामा रहेका नेपालीले नेपालमा रहेका आफन्तलाई झन सजिलोसंग रकम पठाउन सक्ने भएका छन् ।
नबिलले रेमिट्यास सेवाअन्र्तगत हङकङको अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक क्यासम्यालोसंग सहकार्यको सम्झौता गरेसंगै जापान, हङकङ र दक्षिण कोरियामा रहेका नेपालीले नेपालमा रहेका आफन्तलाई सजिलै पैसा पठाउन सक्ने भएको हो ।
नबिल रेमिट र क्यासमालोको यो साझेदारीले विदेशमा रहेका नेपाली श्रमिक, विद्यार्थी तथा अन्य समुदायलाई झन्झटमुक्त, भरपर्दो र द्रुत सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। सेवा सहज, डिजिटल माध्यममा आधारित तथा प्रयोगकर्तामैत्री हुने बताइएको छ।
नबिल रेमिटका अनुसार, “यो पहलले विप्रेषणलाई थप औपचारिक बनाउने र बैंकमार्फत सुरक्षित तरिकाले रकम नेपाल पठाउन प्रोत्साहन दिनेछ।” हाललाई यो सेवाअन्र्तगत जापान, हङकङ र दक्षिण कोरिया रकम पठाउन सकिन्छ । र, निकट भविष्यमा अन्य देशहरूमा पनि विस्तार गर्ने तयारी गरिएको नबिल रेमिटले जनाएको छ ।
क्यासम्यालोसँग गरिएको यो सम्झौताको उद्देश्य मात्र पैसा पठाउने होइन, सेवा प्रयोगकर्ताको समग्र अनुभवलाई सहज बनाउनु पनि हो। “टाढा जतिसुकै भए पनि, तपाईंको साथ केवल एक स्थानान्तरण टाढा छ” भन्ने नारासहित सुरु गरिएको यो सेवा मार्फत प्रयोगकर्ताले नेपालका जुनसुकै बैंक खातामा सुरक्षित र सरल रूपमा पैसा पठाउन सक्छन्।
यस्ता छन् सेवा विशेषताहरु
– इन्सट्यान्ट विड्रल (तुरुन्तै रकम निकासी)
प्रयोगकर्ताले जुनसुकै स्थान र समयमा आफूले पठाएको वा पाउनुपर्ने रकम तुरुन्तै निकासी गर्न सक्छन्।
– कार्डलेस विड्रल (कार्ड बिना नै पैसा निकाल्न सकिने)
प्रयोगकर्ताले पैसा निकाल्नका लागि कुनै कार्डको आवश्यकता पर्दैन। मोबाइल वा क्युएर प्रणाली प्रयोग गरेर रकम सजिलै निकाल्न सकिन्छ।
– जिरो फि (निःशुल्क सेवा)
यो सेवा निःशुल्क प्रदान गरिन्छ, जसले ग्राहकलाई थप आकर्षित बनाउने अपेक्षा गरिएको छ।
– इजी एक्सचेञ्ज वे (सजिलो सटही सुविधा)
प्रयोगकर्ताले डिजिटल रकमलाई भौतिक रूपमा सहज र तत्काल सटही गर्न सक्नेछन्।
कुन-कुन देशबाट लिन सकिन्छ सेवा ?
हाल यो सेवा जापान, हङकङ र दक्षिण कोरिया हुँदै नेपालमा रकम पठाउन प्रयोग गर्न नबिल रेमिटले जनाएको छ । साथै, क्यासम्यालोको सेवा एसिया, अष्ट्रेलिया, अमेरिका र मध्यपूर्वका विभिन्न देशमा पनि विस्तार गरिएको छ।
क्यासम्यालोको सेवा हाल नेपालसहित १५ एशियाली देशहरू—दक्षिण कोरिया, जापान, हङकङ, थाइल्यान्ड, सिंगापुर, मलेसिया, इन्डोनेशिया, फिलिपिन्स, भियतनाम, भारत, श्रीलंका, पाकिस्तान, म्यानमार र कम्बोडियामा उपलब्ध छ।
यसबाहेक, अष्ट्रेलिया, न्युजिल्यान्ड, अमेरिका र खाडी मुलुकहरूमा पनि क्यासम्यालोको सेवा उपलब्ध भइसकेको छ।
कसरी प्रयोग गर्ने ?
नबिल रेमिट र क्यासम्यालोको यो सहकार्यले विदेशमा रहेका नेपालीहरूलाई सुरक्षित, भरपर्दो, सहज र सस्तो माध्यमबाट रकम पठाउन सक्ने अवसर प्रदान गर्ने विश्वास लिइएको छ। विप्रेषण प्रणालीलाई औपचारिक बनाउने तथा डिजिटल आर्थिक समावेशीतातर्फ महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको यो सेवा उपभोगका निम्ति ग्राहकहरुले आफ्नो मोबाइलमा गएर ‘क्यासम्यालो एप’ डाउनलोड गर्नुपर्छ । उक्त एपमार्फत नै यसका सम्पूर्ण सेवाहरु उपभोग गर्न सकिन्छ ।