काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले घरेलू टोलीविरुद्ध पहिले बलिङ गर्दै छ । स्कटल्याण्डको टिटवूडस्थित क्रिकेट मैदानमा स्कटल्याण्डले टस जितेर ब्याटिङ रोजेको हो ।
खेल नेपाली समय अनुसार राती ७ः४५ बजे सुरु हुनेछ । नेपाली टोलीमा आज एउटा परिवर्तन गरिएको छ । करण केसीको स्थानमा युवा बलर रिजन ढकाललाई ल्याइएको छ ।
नेपाली प्लेइङ–११
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, भीम सार्की, आरिफ शेख, रिजन ढकाल, ललित राजवंशी, लोकेश बम र रुपेश सिंह ।
सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध स्कोर बराबरी भएपछि तेस्रो सुपर ओभरमा हारेको नेपालले दोस्रो खेलमा स्कटल्याण्डलाई २ विकेटले हराएको थियो भने बिहीबार भएको तेस्रो खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले स्तब्ध पारेको थियो । नेपाल आज जित निकाल्दै सिरिज जित्ने लक्ष्यमा रहेको छ ।
यता ३ मध्ये एउटा मात्र खेलमा जित निकालेको स्क्टल्याण्ड नेपालसँगको हारको बलरा लिने दाउमा रहेको छ ।