काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताएका छन् ।


ADVERTISEMENT


सोमबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै महतले बजेटको न्यायोचित वितरणका लागि बजेट निर्माण प्रक्रियामा नै सुधार गर्नुपर्ने बताएका हुन् । उनले बजेटमाथिको छलफलमा संशोधन प्रस्ताव परेपनि हुबहु पारित गर्ने परम्परा रहेको जिकिर गरे ।


ADVERTISEMENT

# # #


महतले देशैभरी सांसद र कर्मचारीहरुले सर्वे गरेर सम्बन्धीत जिल्लामा आवश्यक पर्ने कुराहरुको प्राथमिकताको सूची बनाउदै समान ढंगले बजेट वितरण गर्नुपर्नेमा जोड दिए ।

सरकारले सांसदहरुको सिफारिसमा पनि बजेट विनियोजन गरेको भन्दै उनले कतै धेरै र कतै थोरै हुदा गुनासो आउनु स्वभाविक भएको धारणा राखे । उनले बजेटका विषयमा सांसदहरुका गुनासालाई अर्थमन्त्रीले न्यायोचित जवाफ दिएर चित्त बुझाउन सक्नुपर्ने बताए ।