काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीको सेवा त्यागेका छन् । ऐरी प्रहरी संगठनमा सहायक हवल्दारको रूपमा कार्यरत ऐरीले पदबाट राजीनामा दिएका हुन् ।
हालै नेपाली क्रिकेट टोलीको उपकप्तान बनेका ऐरीले घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन् । प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनादे घिमिरेका अनुसार ऐरीले केही महिनाअघि बुझाएको राजीनामा हालै स्वीकृत गरिएको हो ।
विश्वकीर्तिमानी अलराउण्डर ऐरी हाल आईसीसीको टी–२० अन्तर्राष्ट्रिय वरियतामा अलराउण्डरतर्फ तेस्रो स्थानमा रहेका छन् ।