काठमाडौँ– एसईईको नतिजा आजै सार्वजनिक हुने भएको छ ।


ADVERTISEMENT


बोर्डका निर्देशक महाश्रम अधिकारीले एसईई नतिजा आजै साँझ साढे ५ बजेपछि रिजल्ट सार्वजनिक हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट र एसएमएसमार्फत हेर्न सकिन्छ ।

कार्यालयले जारी गरेको सूचना अनुसार नेपाल टेलिकममार्फत् १६०० कोड प्रयोग गरेर एसएमएस तथा आईभीआर गरेर हेर्न सकिन्छ । यस्तै, म्यासेज बक्समा गएर एसईई टाइप गरेर स्पेश र सिम्बोल नम्बर ( SEE <Space> Symbol Number) ३५००१ मा पठाएर पनि नतिजा हेर्न सकिन्छ ।

योपटक शिक्षकहरुको आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण रोकिँदा नजितामा ढिलाइ भएको हो । यसवर्षको एसइईमा ५ लाख १४ हजार ७१ परीक्षार्थी सामेल थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।