काठमाडौं–संघीय संसदको सभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । भोलि हुने चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता हुन लागेको हो ।


ADVERTISEMENT


संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार, सभामुखको उम्मेदवारी मनोनयन दर्ता शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हुँदैछ । सचिवालयले संघीय संसदका महासचिवसमक्ष उम्मेदवारी दिने व्यवस्था मिलाएको छ ।


ADVERTISEMENT

# # #


सचिवालयले आजै दिउँसो १ः३० बजे उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नेछ भने मतदान भोलि १ बजे हुनेछ ।

सभामुखको उम्मेदवारी दर्ताको समय नजिकिए पनि दलहरुले अझै आफ्ना उम्मेदवार टुंग्याएका छैनन् । वाम गठबन्धनको तर्फबाट माओवादीका कृष्णबहादुर महराको चर्चा चले पनि औपचारिक निर्णय भइसकेको छैन । एमाले–माओवादीका नेताहरुले सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल चलिरहेको जनाएका छन् ।

त्यसैगरी, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि सभामुख उम्मेदवारबारे अहिलेसम्म कुनै निर्णय लिएको छ । कांग्रेस नेताहरुले यसबारे छलफल भइरहेको जनाएका छन् । प्रतिनिधिसभाको कुल २७५ सदस्यमध्ये सभामुख निर्वाचित हुनका लागि कम्तीमा १३८ मत आवश्यक हुन्छ । संसदमा एमाले–माओवादीको बहुमत रहेकाले वाम गठबन्धनकै उम्मेदवार निर्वाचित हुने लगभग निश्चित जस्तै छ ।